News Griha :: न्यूजगृह
मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ : विष्णु पौडेल

काठमाडौं— पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए ।

उनले कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताए ।

विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै उनले मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने ल्याउनुपर्ने बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:५२
Weather Update