कर्जा विस्तार घट्यो : गर्भनर अधिकारी
काठमाडौं— नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा कर्जा विस्तार घटेको जानकारी दिएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले कर्जा विस्तार घटेको जानकारी दिएका हुन् ।
गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको वाञ्छित सीमा सात प्रतिशत भन्दा माथि नै रहने देखिएको भन्दै सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा र कर्जाको विस्तार पनि घटेकोे उनको भनाइ छ ।
उनले भने,‘गत आर्थिक वर्षका लागि राखिएको मूल्य वृद्धिको वाञ्छित सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप संकलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ ।’
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १७:४१