News Griha :: न्यूजगृह
नेपालको अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमा भर पर्न हुन्न : सांसद वाग्ले 

काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले मौद्रिक नीतिलाई धेरै भारी बोकाउने हो भने यसले विकृति निम्त्याउने उनको दाबी छ । 

मौद्रिक नीति प्राविधिक कुरा हो भन्नु भन्दा पनि यसबारे आम नागरिकलाई बुझाउनु जरूरी रहेको उनको भनाइ छ । 

उनले भने, ‘जनस्तरमा पनि यो नीतिको बारेमा बताउँनु आवश्यक छ जस्तो लाग्छ । यो जनतालाई बुझाउनु पर्छ । प्राविधिक विषय तपाईंको सरोकारको छैन् भनेर हुँदैन । मौद्रिक नीतिमा धेरै भारी बोकाएर पनि मिल्दैन्, यसले विकृतिहरू ल्याउने हुन्छ । त्यसकारण यो उत्पादनशील क्षेत्रमा कर्जा जानै पर्छ । अनुत्पादकमा नियन्त्रण गर्नुपर्छ । ’

पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्याहरू बढ्दै गएको पनि उनको भनाई छ । उनले भने, ‘पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स असन्तुलनतिर गयो, पब्लिक फाइनान्स त विकराल अवस्थामा नै छ । १४ सय ३ अर्बको लक्ष्यलाई ६ हप्ता अगाडि मात्रै घटाएर ११ सय ८० अर्ब उठाउँछु भनियो त्यहाँ ठूलो ग्याप देखिएको छ । त्यो ग्याप पूर्ति गर्नको लागि खर्च कटौती तर्फ जानु पर्यो कि आयात नै बढाउनतिर लाग्नु पर्यो ।’

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:२९
Weather Update