
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ ।समितिको मूल्यसूची अनुसार काउली र गाँजरको मूल्य आकाशिएको छ ।
मूल्यसूची अनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ वृद्धि भएको छ । प्रतिकेजी ८० रुपैयाँ रहेको गाँजरको आज ११० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । काउलीमा पनि प्रतिकेजी २० रुपैयाँ वृद्धि भएको छ । स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर आज ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार काउलीको न्यूनतम मूल्य ६० रुपैयाँ प्रतिकेजी थियो । लोकल सानो गोलभेँडाको मूल्यमा बुधबारको तुलनामा १० रुपैयाँ घटेको छ । बुधबार ४५ रुपैयाँ न्यूनतम प्रतिकेजी मूल्य निर्धारण गरेको समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ तोकेको छ । ठूलो गोलभेँडाको न्यूनतम मूल्य स्थिर छ । आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ ।
समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ४६ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । दुवैको मूल्य स्थिर छ । कालीमाटी बजार विकास समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ ।
आज लोकल गाँजरको भाउ ह्वात्तै बढेको छ । घिउ सिमी लोकल ४०, मूला रातो ३०, मूला सेतो लोकल २५, भन्टा लाम्चो ४०, मकै बोडी ५०, भटमास कोशा ८०, तितो करेला ४०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ४०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३४०, काँक्रो लोकल ७०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ न्यूनतम मूल्य रहेको छ । फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ ।
कागती ११०, अनार ३८०, आँप मालदह १५०, अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।