
काठमाडौं— राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्विन्टल सुन बरामद गरेको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार साँझ गरेको अपरेशनका क्रममा सिनामंगल बाट झण्डै १०० केजी सुन बरामद भएको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार विभागलाई सूचना आएको थियो । सोही सूचनाको आधारमा अपरेशन चलाइएको हो ।
उनका अनुसार मोटरसाइकल र स्कुटरको ब्रेक शु भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार बरामद सुन मङ्गलबारको क्याथेफ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । भन्सार जाँच पास भने बुधबार दिउँसो २ भएको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।
‘अझैसम्म बरामद सबै सुनको तौल लिइसकेको छैन,’ ढुङ्गानाले भने। हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।