जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताए ।
सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा डा.महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक रह्यो ।’
मूलतः ३ वटा महत्त्वपूर्ण विषयमा छलफल भएको मन्त्री डा.महतले बताए । उनले भने,‘जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थ मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्त्वका रुपमा लिनुपर्छ ।’
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १८:२०