
काठमाडौं— बुधबार शेयर बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
बुधबार नेप्से ११.१७अङ्कले वृद्धि हुँदा २१६५.२५ को विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा नै लगानीकर्ताको आकर्षण कायम रहँदा लगातार चौथो दिन पनि नेप्से बढेको हो ।
होटल तथा पर्यटन, हाइड्रोपावर, बीमा, लघुवित्त लगायतका अधिकांश उपसूचकमा गिरावट भएपनि बुधबार बैंकिङ उपसूचकले नेप्से बढाएको हो ।
बैंकिङ उपसूचक २.३१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.२२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले बढेको छ । यस्तै व्यापार उपसूचक ४.८३ प्रतिशतले वृद्धि भएको हो ।
बुधबार नेप्सेमा ५१ हजार ४४५ वटा कारोबारमा ८६ लाख ७४ हजार १०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ३४ करोड ८७ लाखको कारोबार भएको छ ।
जसमध्ये युनाइटेड अजोड इन्स्योरेन्सको २३ करोड ५७ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको १४ करोड ७१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।