News Griha :: न्यूजगृह
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं— न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षहरू न्यायिक समितिको प्रमुख रहने संवैधानिक व्यवस्था छ । 

संघीयता लागू भएपछि गत वैशाखमा भएको दोस्रो स्थानीय तहको निर्वाचनपछि पहिलो पटक न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो । काठमाडौं महानगरपालिकाको पहलमा उपप्रमुख सुनिता डंगोलको सक्रियतामा पहिलो पटक न्यायिक सम्मेलनको आयोजना गरिएको हो । 

बुधवारबाट काठमाडौंमा सुरु भएको सम्मेलनमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरूको सहभागिता रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'डिजिटल एप'को उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गरेका हुन् । 'डिजिटल एप'मार्फत न्याय सेवा, 'अनलाइन'मार्फत सेवा दिने उद्देश्यले 'एप' ल्याएको जनाइएको छ । 

स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्‍याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्षता हुने विश्वास समेत गरिएको छ ।

यो पनि हेर्नुस्ः

– स्थानीय तहको न्याय निरूपण प्रभावकारी बनाउन न्यायिक सम्मेलनको अपनत्व संघ र प्रदेशले लिनुपर्छ : उपप्रमुख डंगोल

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:०३
Weather Update