News Griha :: न्यूजगृह
जान्नुहाेस् कालो गाजरका ५ फाइदा

कालो गाजर शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसमा क्याल्सियम, फाइबर, आइरन, बिटा क्यारोटिन र भिटामिन सी आदि प्रशस्त मात्रामा पाइन्छ । जाडो मौसममा कालो गाजर खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ । तौल घटाउँछ र आँखा स्वस्थ राख्न मद्दत गर्छ ।

कालो गाजर खाँदा पाचन प्रणाली पनि बलियो हुन्छ । यसले मुटुलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्छ । याे गाजर खानाले शरीरको रक्तसञ्चारमा सुधार हुन्छ । आउनुहोस् कालो गाजर खानुका अन्य फाइदाहरूबारे जानौं ।   

पाचन प्रणालीको लागि लाभदायक

कालो गाजर खाँदा पाचन प्रणाली बलियो बनाउँछ र पाचन क्रियामा सुधार हुन्छ । कालो गाजरमा प्रशस्त मात्रामा फाइबर पाइने हुनाले कब्जियत, एसिडिटी आदि समस्यालाई सजिलै हटाउँछ । पाचन प्रणालीको समस्यालाई हटाउनका लागि आहारमा कालो गाजर समावेश गर्दा राम्रो हुन्छ ।

मुटुको लागि राम्रो

कालो गाजर खाँदा मुटुलाई स्वस्थ राख्छ । कालो गाजरमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । त्यसले शरीरबाट खराब कोलेस्ट्रोल घटाएर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । कालो गाजर खाँदा मुटुसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।

तौल घटाउन मद्दत

कालो गाजर खाँदा तौल घटाउन मद्दत गर्छ । कालो गाजरमा क्यालोरीको मात्रा निकै कम हुन्छ । जसका कारण तौल बढ्दैन र शरीर स्वस्थ रहन्छ । कालो गाजरमा खाँदा भोक कम हुन्छ ।

आँखाका लागि फाइदाजनक

कालो गाजर खाँदा आँखा स्वस्थ रहन्छ । कालो गाजरमा भिटामिन ए र बिटा क्यारोटिन जस्ता तत्व पाइन्छ । यी तत्ले आँखाको ज्योति बढाएर आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । कालो गाजर खाँदा आँखासम्बन्धी समस्या पनि सजिलै हटाउन सकिन्छ ।

प्रतिरक्षा बलियो बनाउँछ

कालो गाजर खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । कालो गाजरमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । भिटामिन सीले शरीरलाई मौसमी रोगबाट बचाउँछ। कालो गाजरले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

कालो गाजर शरीरका लागि निकै फाइदाजनक हुन्छ । तर तपाईंलाई कुनै रोग वा एलर्जीको समस्या छ भने डाक्टरलाई सोधेपछि मात्र गाजर खानुहोस् ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०८:२०
Weather Update