बढ्यो सुनको मूल्य

काठमाडौं— मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर पुनः एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ । सोमबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ११:३९