कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी

काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक आज लाइभ गर्ने तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरू बैठकमा एउटा बोल्ने, मिडियामा अर्कै बोल्ने गरेकोले बैठक नै पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गर्ने प्रस्ताव अघि सारेका छन् ।
बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकका लागि विभिन्न १० वटा एजेण्डा तय भएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ०७:५८