News Griha :: न्यूजगृह
मिटरब्याजसम्बन्धी विधेयक पारित भएपछि रविले दिए सरकारलाई धन्यवाद

काठमाडौं— मिटरब्याजसम्बन्धी विधेयक आइतबार प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।

सभापति लामिछानेले सञ्चारकर्मी हुँदादेखि लडेको लडाइँलाई सार्थक बनाउने कार्यको एउटा सहयोगी बन्न पाइएकोमा गौरवान्वित महसुस भएको बताएका छन् ।

आइतबार साँझ फेसबुकमा उनी लेख्छन्,‘मिटरब्याजीविरुद्धको लडाइँले टेलिभिजनबाट सदनसम्म ल्यायो । मिटरब्याजीविरुद्धको विधेयक संसद्बाट भर्खरै पारित भएको छ । यसको सफल कार्यान्वयन होस्, पीडितलाई न्याय मिलोस् । धन्यवाद सरकार ।’
 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २१:४८
Weather Update