News Griha :: न्यूजगृह
ऊर्जामन्त्री बस्नेत भन्छन्— सरकारले आर्थिक विकास र सुशासनका पक्षमा काम गरिरहेको छ

काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताएका छन् ।

आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले सुशासन कायम गर्ने, आर्थिक विकासको गतिलाई अझ तीव्र बनाउने काम गरिरहेको बताए ।

उनले सामाजिक न्यायलाई स्थापित गर्ने उद्देश्य र आफ्नो प्राथमिकतामा आधारित भएर सरकारले काम अघि बढाइरहेको दाबी गरे ।

उनले भने,‘सरकारको आर्थिक विकास, सुशासन र प्राथमिकताका विषयहरू हुन् । त्यसमा सरकारले सुशासन कायम गर्नेकुरामा, आर्थिक विकासको गतिलाई अझ तीव्र बनाउने कुरामा सामाजिक न्यायलाई स्थापित गर्ने उद्देश्य र आफ्नो प्राथमिकतामा आधारित भएर काम अघि बढाइरहेको छ ।’

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:४४
Weather Update