News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलद्वारा बजेट प्रमाणीकरण 

काठमाडौं— आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ । विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सरकारले गत जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो । उक्त बजेट प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो । 

प्रमाणीकरण पछि अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट साउन १ देखि कार्यान्वयन हुनेछ ।

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:१९
Weather Update