यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ ।
यूरो एकको खरिद दर १४७ रुपैयाँ १९ पैसा र बिक्री दर १४७ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९५ पैसा र बिक्री दर १७२ रुपैयाँ ७४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० ०७:३३