News Griha :: न्यूजगृह
आज पनि बैंक तथा वित्तीय संस्था खुला रहने

काठमाडौं— आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।

चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा राख्दै राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् ।

यसअघि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेसँगै सोहीअनुसार व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:५७
Weather Update