News Griha :: न्यूजगृह
कस्तो रहला शुक्रबार मौसम ? 

काठमाडौं— हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर पूर्ण बदली रहनुकासाथै कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसाे गण्डकी, कोशी र बाग्मती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाकाे सम्भावना छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:४३
Weather Update