
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
गोलभेँडाको मूल्य स्थिर रहेको छ । बुधबार ९० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भएको नेपाली ठूलो गोलभेँडाको मूल्य आज ९० रुपैयाँ नै तोकिएको छ ।
समितिले रातो आलु ४६ र सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै छ । बुधबार प्रतिकेजी ८० रुपैयाँमा बिक्री भएको काउलीको आज न्यूनतम मूल्य पनि प्रतिकेजी ८० नै तोकिएको छ । तर, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर आज १०० पुग्दा बन्दा १० रुपैयाँ प्रतिकेजीमा पाउन सकिन्छ ।
कालीमाटी बजारमा घिउ सिमी लोकल ९०, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल २०, भन्टा लाम्चो ७०, मकै बोडी ८०, भटमासकोशा ८०, तितो करेला ८०, लौका ७०, परवल ४०, फर्सी पाकेको ४०,कन्ने च्याउ १५०,डल्ले च्याउ २८०, कुरीलो २०० र स्कूस ६० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
पालूंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ८० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ मूल्य रहेको छ । हिजोको तुलनामा रायोको सागमा ३० रुपैयाँ मूल्य घटेर आएको छ ।
फलफूलमा केरा दर्जन १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०, अनार ४००, आँप मालदह १२०, अंगुर कालो ५२०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, लिची १५०,मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।













