संसद्
राष्ट्रिय सभा बैठक बस्दै, मन्त्रीहरूले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं— राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा विनियोजन विधेयक–२०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक–२०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई प्रस्तुत गर्नेछन् ।
बिहीबार अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८० पारित गर्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० ०७:१८