News Griha :: न्यूजगृह
तत्काल लेबी बुझाउन पार्टीका नेताहरूलाई जसपाको आग्रह

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीका केन्द्रीय तहका नेताहरूलाई लेबी बुझाउन ताकेता गरेको छ ।

बुधबार पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पत्र काटी लेबी बुझाउन ताकेता गरेका हुन् । 

पत्रमा पार्टीका केन्द्रीय समिति सदस्य, केन्द्रीय राजनीतिक समिति सदस्य र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बाँकी रहेको लेबी असार मसान्तसम्ममा बुझाउन भनिएको छ ।

जसपाले केन्द्रीय सदस्यलाई ५००, राजनीतिक समिति सदस्यलाई ७०० र कार्यकारिणी सदस्यलाई एक हजार मासिक लेबी तोकेको छ ।

पार्टी सदस्यहरूले सदस्य शूल्कका अतिरिक्त आ–आफ्नो समितिमा मासिक लेबी बुझाउनुपर्ने हुन्छ । सदस्यहरूले आफू सम्बद्ध समितिमा लेबी बुझाउने गर्दछन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०५:५८
Weather Update