विद्यालय कर्मचारीसँगका सहमति कार्यान्वयन हुनेमा शंका

काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले मंगलबार सरकार र संयुक्त विद्यालय कर्मचारी आन्दोलन–२०८० बीच भएका विभिन्न सहमति कार्यान्वयन हुनेमा शंका जनाएका छन् ।
सरकारीसँग यसअघि गरेका सहमति तथा सम्झौता कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको भन्दै कर्मचारीहरुले यसपटकको सहमतिलाई पनि शंकाको दृष्टिले हेरेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत सहमति हुनु राम्रो भए पनि कार्यान्वयनमा शंका उब्जेको बताएका छन् ।
सरकार र विद्यालय कर्मचारीबीच गत भदौमा पनि सहमति भएको थियो । त्यसैगरी विद्यालय कर्मचारीका माग समेटिएका विभिन्न बुँदामा शिक्षक महासंघ र सरकारबीच ५१ बुँदे सहमति भएको थियो ।
यस पटकको सहमति सरकारले अक्षरसः कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने संयुक्त आन्दोलनका संयोजक गंगाराम तिवारीले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १८:१३