News Griha :: न्यूजगृह
कालीमाटीमा कति छ तरकारी र फलफूलको मूल्य ?

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार मूल्य सार्वजनिक गरेको छ । गोलभेँडाको मूल्य स्थिर छ । मंगलबार ९० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भएको नेपाली ठूलो गोलभेँडाको मूल्य आज ९० रुपैयाँ नै तोकिएको छ ।

समितिले रातो आलु ४५ र सेतो आलुको मूल्य ३४ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।  स्थानीय काउलीको मूल्य भने १० रुपैँयाले बढेको छ । मंगलबार प्रतिकेजी काउली ७० रुपैयाँमा बिक्री भएकोमा आज यसको न्यूनतम मूल्य प्रतिकेजी ८० पुगेको छ । तर लोकल बन्दाको मूल्य स्थिर छ ।

आजको बजार मूल्य १० रुपैयाँ प्रतिकेजी तोकिएको छ । लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ९०, घिउ सिमी लोकल १००, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १०, भन्टा लाम्चो ७०, मकै बोडी ९०, भटमासकोशा ९०, तितो करेला ७०, लौका ६०, परवल ५०, फर्सी पाकेको ४०, कन्ने च्याउ १४०,डल्ले च्याउ २५०, कुरीलो २०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

पालूंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ११० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ६० रुपैयाँ मूल्य रहेको छ । केरा दर्जन १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०, अनार ४००, आँप मालदह ११०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, लिची १५० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:१४
Weather Update