
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ ।
गोलभेँडाको मूल्य स्थिर नै रहेको छ । सोमबार ९० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भएको नेपाली ठूलो गोलभेँडामो मूल्य आजको लागि ९० रुपैयाँ नै तोकिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो आलु ४६ र सेतो आलुको मूल्य ३४ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।
स्थानीय काउलीको मूल्यमा कुनै फेरबलद भएको छैन । काउली आज ७० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल बन्दाको मूल्य पनि स्थिर छ । बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ ।
लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ९०, घिउ सिमी लोकल १००, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ८०, मकै बोडी ९०, भटमासकोशा ९०, तितो करेला ९०, लौका ८०, परवल ५०, फर्सी पाकेको ४०,कन्ने च्याउ १४०, डल्ले च्याउ २४०, कुरीलो २०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
पालूंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ११० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ मूल्य रहेको छ ।
फलफूलमा, केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००,आँप मालदह १००, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, लिची १४० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।