बालेनलाई हर्क साम्पाङले भने— मुद्दा लाग्दा हच्किनु हुन्न

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बोलन साहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुझाव दिएका छन् । उनले कुनै पनि मुद्दा लाग्दा हच्किन नहुने सुझाएका छन् ।
आइतबार साहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा परेको बताएका थिए ।
सो विषयमा मेयर साम्पाङले सोमबार फेसबुकमै लेखेका छन्,‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्न ! त्यस्ता जाबा मुद्दा त हप्तामा २—३ वटा लाइरन्छ मलाई त ! ढोइट... भन्दै अघि बढ्नुपर्छ ! ढोइट...’
साह र साम्पाङ दुबै जना स्वतन्त्र मेयर हुन् ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० ०६:२६