भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजबाट म अपराधी : बालेन साह

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा परेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा तारेख पर्चाको तस्बिसहित पोस्ट गर्दै मेयर बालेनले आज आफ्ना लागि विशेष दिन रहेको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा भए पनि भारतले प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट पाएको उल्लेख गरेका छन् ।
‘आज एउटा विशेष दिन,आजबाट म तारिखमा छु’,उनले लेखेका छन्,‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा ।’
उनले आजबाट आफू अपराधी भएको टिप्पणी पनि गरेका छन् । उनले लेखेका छन्,‘जय होस् देशको ।’
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १९:५०