News Griha :: न्यूजगृह
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

काठमाडौं— ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई आइतबार पक्राउ गरेको एआईजी किरण बज्राचार्यले जानकारी दिइन्  । राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । 

भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो । 

राउतलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरेको हो । आइतबार मात्रै सीआईबीले तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक ध्रुवप्रसाद अर्याल र समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई पक्राउ गरको थियो । ललिता निवास प्रकरणमा सीआईबीले १२ जनालाई पक्राउ गरी सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।   

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:२३
Weather Update