नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमााडैं— शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले उकालो लागेको छ ।
२८ दशमलव ३८ अङ्कले उकालो लागेको नेप्से परिसुचक दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । आइतबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ ।
त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
कारोबारका आधारमा हिमालयन लाइफ इन्स्युरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १५:५४