News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा  हेर्न भ्याएन सर्वोच्चले

काठमाडौं— कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

आइतबार सर्वोच्चमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समय अभावका कारण हेर्न नभ्याइने भएको हो।

कोशी प्रदेशमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए। प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो। 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:२३
Weather Update