अदालत
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आइतबार सुनुवाइ हुँदैछ ।
उक्त रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । कार्की नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।
कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइ शुक्रबार रिट निवेदन दर्ता गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० ११:४८