सूचना टाँस
प्रतिनिधि सभाको बैठक सोमबारलाई सर्यो, रास्वपा र राप्रपासँग पनि छलफल गरिने

काठमाडौं— प्रतिनिधि सभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको बताएको हो।
प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे सदनमा प्रष्टिकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको मागका विषयमा छलफल गर्नुपर्ने भएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको स्रोतले जनायो ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १५:०४