News Griha :: न्यूजगृह
एमालेले संसद् अवरुद्ध नगर्ने, प्रधानमन्त्रीले स्पष्टीकरण दिने

काठमाडौं— संसद्को गतिरोध अन्त्य भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

उक्त छलफलपछि संसद् अवरोध खुल्ने भएको हो । कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताए ।

उनले भने, ‘आज तीन बजे बैठक बस्छ । प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ,’ उनले भने ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले गत बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:३१
Weather Update