
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका मूल्य सार्वजनिक गरेको छ ।
गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ । शनिबार ९० रुपैयाँमा बिक्री भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य आज पनि ९० रुपैयाँ नै तोकिएको छ । आज रातो आलु ४५ रुपैयाँमा र सेतो आलु ३४ रुपैँया न्यूनतम मूल्यमा बिक्री भइरहेको छ ।
स्थानीय काउलीको मूल्यमा पनि थपघट भएको छैन । आज काउली ६० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल बन्दाको मूल्यमा भने आज २ रुपैयाँ मूल्य बढेर आएको छ ।
बन्दा आज १० रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, राजमा सिमी ११०, मूला रातो ३५, मूला सेतो २५, भन्टा लाम्चो ८०, मकै बोडी ९०, भटमासकोशा ९०, तितो करेला ११०, लौका ८०,परवल ७०, फर्सी पाकेको ४० प्रतिकेजीमा खरीद बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
पालुंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ९० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ४० रुपैयाँ मूल्य रहेको छ ।
केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप मालदह ९०, तरबुजा हरियो ८०, किवि ८००, लिची १४०रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।