News Griha :: न्यूजगृह
आन्दोलनबारे के भन्छन् विद्यालय कर्मचारी परिषद् अध्यक्ष तिवारी ? 

काठमाडौं— एक महिनादेखि नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति आन्दोलनमा छ । तलब, सेवासुविधा, पेसागत स्थायित्वको माग राखेर कर्मचारीले काठमाडौंको माइतीघरमा रिले अनशन गरिरहेका छन् ।

सरकारी बेवास्ता, लाचारीपन, गैरजिम्मेवारीले गर्दा कर्मचारीको आन्दोलन लम्बिएको छ । सरकारले वार्तामा बोलाए पनि कुनै उपलब्धि हुन सकेका छैन ।

घामपानी सहेर आन्दोलनमा खटिएका कर्मचारी कुनै हालतमा पनि आन्दोन फिर्ताको पक्षमा छैनन् । माग पूरा नभए महिनौ आन्दोलन गर्न पनि विद्यालय कर्मचारीहरु तयार छन् ।

परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारी आन्दोलनलाई थप सफल बनाउनुपर्ने बताएका छन् । उनी भन्छन्,‘ नेपाल विद्यालय कर्मचारी संयुक्त आन्दोलन २०८० पूर्णरुपमा सफल पारौं ।’

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०७:४३
Weather Update