News Griha :: न्यूजगृह
अमेरिकी डलर एकको खरिद र बिक्री दर कति ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले तोके अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी यूरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले आफ्नो सूचनामा उल्लेख गरेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०६:२३
Weather Update