News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्दैन : एमाले सचेतक बर्तौला

काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार पनि प्रतिनिधि सभा बैठक चल्न नदिने भएको छ । 

प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकअघि बढ्न नसक्ने एमालेको अडान छ । एमाले सचेतक महेश बर्तौलाले, प्रधानमन्त्रीको राजीनामा नआए सम्म सदन चल्न नसक्ने बताए ।

‘अहिलेका लागि एमालेको अडान प्रधानमन्त्रीको राजिनामा हो । प्रधानमन्त्रीको राजिनामा नआएसम्म बैठक चल्न सक्दैन । एमालेले अवरुद्ध गर्छ,’  उनले भने ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले सोही माग राखेर शुक्रबारको राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:४९
Weather Update