News Griha :: न्यूजगृह
स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबार घेराउ गर्दै, अनुदान कटौती नगर्न आग्रह

काठमाडौं— स्थानीय तहका जनप्रतिनिधिहरूले आज शुक्रबार सिंहदरबार घेराउ गर्ने भएका छन् ।

संघीय सरकारले वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघले आन्दोलन गर्न लागेका हुन् ।

स्थानीय जनप्रतिनिधिहरूले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।

अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती नगर्न आग्रह गर्दा नमानेको भन्दै संघीयता बचाउनको लागि भन्दै दुबै पालिका संघले आन्दोलनको तयारी गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०९:५६
Weather Update