
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेँडाको मूल्य शुक्रबार १० रुपैयाँले बढेको छ । बिहीबार ८० रुपैयाँमा बिक्री भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य आज १० रुपैयाँले बढेर ९० रुपैयाँमा बिक्री भएको छ ।
रातो आलुको मूल्य भने आज स्थिर रहेको छ । बुधबार ४५ रुपैयाँमा बिक्री भएको आलुको मूल्य आज पनि ४५ रुपैयाँमा नै रहेको छ ।
स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएको छ । हिजोको मूल्य ५० रुपैयाँ भने आज ६० रुपैयाँ पुगेको छ । लोकल बन्दाको मूल्य भने ८ रुपैयाँ प्रतिकेजीमा कायम रहेको छ ।
लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, मूला रातो ४०, भन्टा लाम्चो ८०, मकै बोडी ९०, घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा ९०, तितो करेला १००, लौका ७०, फर्सी पाकेको ४० प्रतिकेजी मूल्य र्निधारण गरेको छ । त्यस्तै, पालूगो सागप्रति केजी ८० रुपैयाँ तोकिएको छ ।
केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप मालदह ७०, आँप दसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।