News Griha :: न्यूजगृह
कति छ शुक्रबार विदेशी मुद्राको विनिमय दर ? 

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा पुगेको बैंकले जनाएको छ । 

यूरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०६:१३
Weather Update