
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य सार्वजनिक गरेको छ । गोलभेँडाको मूल्य आज स्थिर रहेको छ । बुधबार ८० रुपैयाँमा बिक्री भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य आज पनि ८० रुपैयाँ नै रहेको छ ।
रातो आलुको मूल्य भने आज घटेको छ । बुधबार ४५ रुपैयाँमा बिक्री भएको आलुको मूल्य आज ४४ रुपैयाँमा झरेको छ । स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएको छ । हिजोको मूल्य ५० रुपैयाँ भने आज ६० रुपैयाँ पुगेको छ ।
लोकल बन्दाको मूल्य भने ८ रुपैयाँ प्रतिकेजीमा कायम रहेको छ । लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८०, घिउ सिमी लोकल १२०, मूला सेतो १५, भन्टा लाम्चो ६०, मकै बोडी १००, घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा ९०, तितो करेला १००, लौका ८०, घिरौला ८०, फर्सी पाकेको ४० प्रतिकेजी मूल्य र्निधारण गरेको छ ।
रायो सागप्रति केजी ८० रुपैयाँ तोकिएको छ । केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप मालदह ८०, आँप दसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।