एसईई नतिजाबारे बोर्डले भन्यो— कुनै जटिल समस्या नआए आजै सार्वजनिक गर्छौं

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भएको छ । नतिजा प्रकाशनपूर्व बोर्ड बैठक बोलाइएको छ ।
स्रोतले भन्यो,‘कुनै जटिल समस्या नआए आज नतिजा सार्वजनिक गर्छौं ।’
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० ०८:३६