हेर्नुहोस् बिहीबार विदेशी मुद्राको सटही दर

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा पुगेको छ ।
यूरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७० पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० ०६:३०