News Griha :: न्यूजगृह
हेर्नुहोस् आज फलफूल र तरकारीको मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली गोलभेँडा प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेँडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा ३३ रुपैयाँ २० पैसा, रातो आलु र स्थानीय काउली ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको भारतीय प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाँजर ११० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँमा कारोबार भइरहेको छ ।

स्थानीय ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी र भटमासकोशा ९५ रुपैयाँ, लोकल घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी ७६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ८६ रुपैयाँ, परवर र न्यूरो ८५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ, ब्रोकाउली र झिगूनी ६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, रायोको साग र पालूगो साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ तोकिएको छ ।

डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्दुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १७० रुपैयाँ, लोकल काँक्रो १२० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३ सय रुपैयाँ, लिची १२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ र भेडे खुर्सानी ८६ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०९:०७
Weather Update