राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, एसईईको नतिजा आजै आउला ?

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गर्न तयारी बैठक बस्न लागेको हो ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा तयारीका लागि बुधबार बैठक डाकिएको बताए ।
उनको भनाइमा सकभर बिहीबार नभएर शुक्रबारसम्म एसईईको नतिजा सार्वजनिक हुन सक्ने सम्भावना छ ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने बोर्डको तयारी छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, असार २०, २०८० ०७:१७