News Griha :: न्यूजगृह
आज विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसा पुगेको छ ।

यूरो एकको खरिद दर १४२ रुपैयाँ ६९ पैसा र बिक्री दर १४३ रुपैयाँ ३४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०६:३५
Weather Update