सुनचाँदीकाे कर खारेज गर्न महासंघकाे माग

काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी विलासिताको वस्तु नभएको बताएका छन् ।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सुनचाँदीलाई विलासिताका वस्तुमा समावेश गराए पनि विलासिताको वस्तु नभएको दाबी गरे ।
उनले सरकारले बजेटमार्फत सुनचाँदीलाई विलासिताको वस्तुमा राखेर कर बढाउनु जाहेज नभएको बताए ।
उले भने,‘आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीलाई विलासिताको वस्तु भनेर कर लगाइएको छ । सुन विलासिताको वस्तु होइन भन्ने हाम्रो जिकिर हो किनभने विलासिता भनेको कुनै पनि सेवा प्रयोग गरेपछि त्यसको मूल्यांकन हुँदैन । सरकारले सुनचाँदीलाई विलासिता वस्तुको रुपमा लगाएको कर खारेज हुनुपर्छ ।’
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १८:३२