
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले बाँझो जग्गाको उपयोग गर्न नसकेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टीको केन्द्रीय कृषि तथा पशुपन्छी विभागको छैठौं बैठकमा उनले सधैं पसिना मात्रै बेच्न सम्भव नभएको भन्दै बाँझो जग्गाको उपयोगबाट उत्पादन वृद्धि गर्नुपर्ने बताए ।
‘उत्पादन र उत्पादकत्व बढाएनौं भने यसरी नै खाद्य पदार्थ बाहिरबाट आयात गरेर बाँच्नु पर्ने अवस्था हो भने निर्यात के गर्छौ ? हामी हतियार निर्माता होइनौं । हामी बनाउँछौं के ? कसैले हतियार बनाएर बेचेका छन्, कसैले आजको मोर्डन टेक्नोलोजी बेचेका छन्, हामीसँग त्यस्तो बेच्ने खालको केही पनि छैन । सधैं पसिना पनि बिक्दैन,’ उनले भने ।
देशको विकासमा ठेकेदारी भएको बताउँदै उनले खेर गएको जमीनमा फलफूल लगाए मात्रै पनि देशको अर्थतन्त्र विकासमा ठूलो सफलता प्राप्त गर्न सकिन्छ ।