केही दिनदेखि कोरोना ग्राफ उकालो, आज एकैदिन ६९ संक्रमित

काठमाडौं— नेपालमा कोरोना भाइरसको संक्रमण आज ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको छ । यसअघि चैत्र १२ गते १६ जना र चैत्र ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो ।
संक्रमण बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको बताए ।
‘भारतमा संक्रमण बढिरहेको छ । ती संक्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ संक्रमण बढेको हो’, उनले भने,‘हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौँ ।’
उनका अनुसार अहिले सबभन्दा बढी संक्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १९:०४