बढ्यो सुनको मूल्य

काठमाडौं— सुनको मूल्य मंगलबार वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनमा प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ ।
मूल्य वृद्धिपछि छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको छ ।
यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १२:४१