News Griha :: न्यूजगृह
यस्तो छ आज फलफूल र तरकारीको मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य ७० रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, राजमा सिमी ७०, भटमासकोशा ९०, मकै बोडी ९०, तितो करेला १००, लौका ८०, परवल लोकल ८०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ५०, घिरौंला ८०, भिण्डी १००, स्कूस ५०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो १५०, ब्रोकाउली ६०, तोफु ११०, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

मंगलबार तोरीको साग ४०, रायो साग ८०, हरियो प्याज ८०, हरियो लसुन ८०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

फूजी स्याउ केजीको ३००, तरबुजा हरियो ८०, मालदह आँप ७०, मौसम २००, अंगुर हरियो ३८०, मेवा १००, लिच्ची नेपाली १००, किवी ८५० रुपैयाँ, अनार ३८०, केरा दर्जनको १५०, नासपाती लोकल ८० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०८:४६
Weather Update