
काठमाडौं— नेपाल उद्योग परिसंघले निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थ मन्त्रीलाई आग्रह गरेको छ ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर अर्थतन्त्रलाई चलायमान बनाउने र घटेको निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।
परिसंघको टोलीले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बजेटको प्रभावकारी कार्यान्वयन एवम् खुकुलो मौद्रिक नीति ल्याउन सुझावसमेत दिएको छ ।
अध्यक्ष अग्रवालले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न सरकारलाई आग्रहसमेत गरे ।
परिसंघले उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानुन ल्याउनुपर्ने बताएको छ ।
भेटमा अर्थमन्त्री डा.महतले निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण सरकारले निर्माण गर्ने बताए । उनले परिसंघले उठाएका विषयहरूलाई गम्भीतापूर्वक लिएको बताए गरे ।